डेंगुबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु

झापा,७ भदौ । डेङ्गु संक्रमणबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । कोशी प्रदेशमा डेङ्गुबाट निधन भएका १४ जनामध्ये सुनसरीका मात्र १३ जना छन् । डेङ्गुबाट मोरङमा एक जनाको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । झापामा मर्नेको संख्या भने उल्लेख छैन् ।
त्यस्तै, हालसम्म सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका सङ्क्रमित रहेका छन् । सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु सङ्क्रमित छन् ।

मोरङमा हालसम्म तीन हजार ३६३ जना, झापामा एक हजार ४२०, उदयपुरमा ४४९, धनकुटामा २६४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । हिमाली जिल्ला संखुवासभामा २४०, इलाममा १६८, भोजपुरमा १५४, तेह्रथुममा ११५, पाँचथरमा ४७, ताप्लेजुङमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच पाँच र सोलुखुम्बुमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

योसँगै कोशी प्रदेशका सबै जिल्लामा सङ्क्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना चौलागाईँले जानकारी दिईन्।

Leave a Reply

Your email address will not be published.