झापा, ९ भदौं । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको नयाँ ईकाई समिती चयन भएको छ। आज सम्पन्न संघको इकाई अधिबेशनले कुबेर नाथ दाहालको नेतृत्वमा ३९ सदस्यीय कार्य समिति चयन गरेको छ।
संघका इकाई सभापति उदित दाहालको सभापतित्वमा भएको अधिबेशन उद्घाटन कार्यक्रमको सञ्चालन पूर्व ईकाई सभापति तथा नेबिसंघ झापाका सहसचिव अशोक पाठकले गरेका थिए।
कार्यक्रममा कांग्रेस कनकाई नगरका सभापति दुर्गा प्रसाईं, नेबिसंघ झापाका सभापति राजेन्द्र उप्रेती ,संघका जिल्ला प्रबक्ता सञ्जय निरौला र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद चुडाललगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै अधिबेशनमा स्वागत मन्तव्य संघका नगर सभापति सागर ढकालले गरेका थिए ।