दमक, ९ भदौ । नेपाल लेखापढी कानुन ब्यवसायी दमक ईकाई समिति र गणपति सहकारीले आज संयुक्त रुपमा तिज बिषेश कार्यक्रम गरेका छन् । लेखापढी दमक ईकाई सदस्य तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला गौतम तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तिज कार्यक्रम संयोजक रञ्जना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय दमकका परमेश्वर ठाकुर, लेखापढी व्यवसायी संघ प्रदेश १ सह सचिव ज्ञानेन्द्र तिम्सिना, संघका झापा जिल्ला अध्यक्ष सुशिल निरौला, दमकका अग्रज लेखापढी ब्यवसायी गौरसिंह राजबंशी लगायतले बोलेका थिए । तिज पर्वलाई हर्सोल्लासपूर्वक मनाउन साथै परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक दाहालले बताईन् ।
कुमारी धितालले स्वागत गरेकी सो कार्यक्रमको सञ्चालन सिता देवी लुईंटेलले गरेकी थिइन् ।कार्यक्रममा सहभागीहरुले नाचगान गरी रमाईलो गर्नुका साथै दर खाएर तिज मनाएका थिए ।