दमकमा प्रदिप गिरीको सम्झना


दमक, ८ साउन ।
नेपाली कांग्रेस दमक नगर समितिले कांग्रेस नेता एवं समाजवादी चिन्तक स्व प्रदिप गिरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ ।नगर समितिको कार्यालयमा बुधबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले स्वर्गीय गिरीको निधनले नेपाली कांग्रेसलाई मात्रै नभएर सिंगो मुलुकको समाजवादी आन्दोलनमानै अकल्पनीय क्षति पुगेको बताए ।
पद र प्रतिष्ठाको प्रवाह नगरी सादा जीवन शैली अपनाउँदै गिरीले समाजलाई देखाएको बाटो अनुकरणीय रहेको पनि सहभागीहरुको बुझाई थियो । उनीहरुले स्वर्गीय नेता गिरीले देखाएको बाटो अनुशरण गर्नुनै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँको सभापतित्वमा भएको श्रद्धाञ्जली तथा शोकसभामा कांग्रेस झापाका उपसभापति शेरबहादुर भटटराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, संविधान सभा सदस्य विश्वदिप लिङदेन, महाधिवेशन प्रतिनिधिहरु अइन्द्र केरुङ, डा. नेत्र बहादुर बुढाथोकी, राजन बहादुर ढुंगाना, मन्धरा चिमरिया पौडेल, एक नम्बर प्रदेश समिति सदस्य भुमिराज राई, पूर्व महासमिति सदस्य दिलबहादुर बुढाथोकी, पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका तरुण दल झापा ५ का सभापति गोकूल श्रेष्ठ, प्रदेश क्षेत्र खका प्रतिनिधि उद्धव दाहाल लगायत जिल्ला समिति सदस्यहरु, नगर समितिका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय समिति र प्रदेश क्षेत्रका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कांग्रेस नगर सभापति प्रसाइँले पार्टी नेता गिरीको स्मृतिमा कार्यालयमा शोक पुस्तिका राखिएको पनि जनाए ।

Leave a Reply

Your email address will not be published.