चुम्लुङ कमल ७ वडाको नयाँ नेतृत्व

दमक,८ भदौ । किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका वडा नं ७ गाउँ इकाई समितिको दोस्रो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।मंगलवार चुम्लुङ कमल गाउँपालिकाका अध्यक्ष श्री पुन्यकुमार लिम्वूको प्रमुख आतिथ्यमा र वडा इकाई समितिका अध्यक्ष दिवस लिम्बुको सभापतित्वमा सम्पन्न अधिबेशनले सुहाङमा आङ्देम्बेको अध्यक्षतामा वडा समिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित वडा समितिको उपाध्यक्षमा अनुप नेम्बाङ ,सचिवमा चन्द्र सम्बाहाम्फे लिम्बु ,सहसचिवमा रामकुमार लिम्वू, कोषाध्यक्षमा स्मृति लिम्बू चुनिएका छन् । यसैगरि सदस्यहरुमा, धन कुमार तुम्रोक,फत्ते बहादुर नेम्बाङ, पूर्ण कुमार माबो,चेतन कुमार लिम्बू , धन बहादुर लिम्बू, सुबि लिम्बू, दिल बहादुर लिम्बू,कबिन्द्र आङ्देम्बे, बिशेस नेम्बाङ, धन सिंह लिम्बू , मनोज जबेगु र मन कुमार सेर्मा लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.