दमक,५ भदौ । यहि मंसिर ४ गते हुन गईरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारका आकांक्षीहरु बढ्दै गएका छन् । झापामा अन्य दलभन्दा सत्तारुढ दलका स्थानीय नेतृत्वहरुले प्रदेश तर्फका उम्मेदवारहरुले धमाधम आफनो आकांक्षा सार्वजनिक गरिरहेको बेला कांग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका बौद्धिक व्यक्तित्व डा. खगेन्द्रपाण्डव अधिकारीले पनि सामाजिक सञ्जालमार्फत आफना आकांक्षा सार्वजनिक गरेका हुन् ।
झापाका पाँच वटा संघीय निर्वाचन क्षेत्र मध्ये सवैेभन्दा बढी राजनीतिक वृतमा चर्चा पाउदैआएको झापा क्षेत्र न. ५ मा यसपटक पनि उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा संग चुनावी मैदानमा उत्रने आकांक्षा दोहोरयाएका छन् । २०७४ को निर्वाचनमा वामघटकसहित राप्रपाको मत पाएका ओली यस क्षेत्रमा फेरि उम्मेदवार वन्ने लगभग टुंगिसकेको छ । त्यतिका शक्तिका बाबजुत कांग्रेसका अधिकारीले शानदार मत प्राप्त गरेका थिए ।
उनले भनेका छन् , –‘म संघीय सांसदको स्वभाविक आकांक्षी उम्मेदवार हुं । अघिल्लो निर्वाचनको संघारमा सबै दलहरू एमालेसंग गठबन्धन हुँदा एक्लो महसुस भएको थियोे । आज हामीसंग धेरै योग्य साथीहरुको जमातनै छ, त्यस माथि अहिले सहयात्री दलहरू समेत हामीसंग हुनुहुन्छ । स्थायी प्राध्यापकको जागिर छोडी अपरिचित अनुहारलाई पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको विरुद्धमा नेपाली कांग्रेस पार्टीले खडा गर्दा झापा ५ का जनताले दिएको सग्लो २८,२९७ मतको अपार माया मन मुटु भित्र संगालेर राखेको छु । तपाईंहरुको माया पक्कै पनि गाँजिएर, झ्यांगिएर बिशाल भैसकेको अनुभुत भइरहेको छ । यसपटक पक्कै पनि ओलीलाई दण्डित गरी तपाईंहरुको पक्षमा संघिय संसदमा बुलन्द आवाज उठाउने प्रतिनिधि बनाउनु हुन्छ भन्ने पूर्ण भरोसा गरेको छु ।’