निन्दा खोलामा महिलाको शव


झापा , २६ साउन । झापाको मेचीनगरस्थित निन्दा खोलामा एक महिलाको शव फेला परेको छ । मंगलवार बिहान ९.३० बजे मेचीनगर १५ निलकोठीस्थित निन्दा खोलाको बीच भागमा भिण्डी बस्ती बस्ने अन्दाजी ६० वर्षकी सलकी बेस्रा (मुर्मु ) को मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published.