मेची बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः भट्टराई

दमक,२५ साउन । दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचन कार्यक्रमबाट आगामी ४ वर्षे कार्यकालका लागि पुनः भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । कानुन व्यवसायी समेत रहेका नवनिर्वाचित अध्यक्ष भट्टराई जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष समेत हुन् ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा मीनाकुमारी कोइराला, सचिवमा राजेन्द्रप्रसाद दाहाल चयन भएका छन् । यसैगरि, सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, सीता कार्की, गणेशबहादुर तामाङ र नर्वदा उप्रेती चयन भएका छन् ।

यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुनः हरिप्रसाद चापागाई र सदस्यद्धयमा कृष्णप्रसाद दाहाल, मञ्जु फुयाल सर्वसम्मत निर्वाचित भएका हुन् । संस्थाको मुख्य कार्यालयसहित झापा, मोरङ ,इलाममा गरि १२ वटा सेवा केन्द्रबाट संस्थाले वित्तिय कारोवार गरिआएको छ ।

यसैवीच ,संस्थाको २९ औ बार्षिकोत्सव तथा ३१ औ साधारणसभा यहि साउन २८ गतेदेखि ४ भदौसम्म इकाईगत साधारणसभा सञ्चालन हुने र १२ भदौमा माईन्यूट प्रमाणिकरण साधारणसभा गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद वगालेले बताए ।

Leave a Reply

Your email address will not be published.