लागु औषधसहित सुनसरीबाट ५ जना पक्राउ

सुनसरी, २६ । ईनरुवा नगरपालिका ४ पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको थियो।

निजको साथमा ब्राउन सुगर फेला परे पछि थप अनुसन्धानको लागी कार सहित पाचै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.