गुप्ताङ्गमा लुकाएर लागूऔषध ल्याउँदा दुई महिला पक्राउ

दमक,२४ साउन । गुप्ताङ्गमा ब्राउनसुगर लुगाएर ल्याउँदै गर्दा दमककी दुई महिला झापाको गौरीगञ्जबाट पक्राउ परेकी छन् । त्यसरी पक्राउ पर्नेमा झापा दमक १ बस्ने ३४ वर्षिया मञ्जु धिमाल र सोही ठाउँकी २५ वर्षिया बिमला धिमाल रहेका छन् ।

हिजो साँझ ७ बजे गौरीगञ्ज -४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुले संबेदनशील अंगमा लागूऔषध लुकाएको हुनसक्ने शंकाको आधारमा खजुरगाछी स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ताङ्गमा लुकाईरहेको अवस्थामा ४४.३००ग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.