प्रदेश एकमा ५५३ जनामा कोरोना सङ्क्रमण ,७ जनाको मृत्यु

दमक,२४ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना सङ्क्रमण भएको छ। ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३-३, सङ्खुवासभा, खोटाङ र उदयपुरमा २-२ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको छ।

मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २-२, लेटाङ, जहदा र कटहरीमा १-१, सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जू, रामधुनी, इनरुवा र कोसी गाउँपालिकामा २-२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ३९, शिवसताक्षीमा १४, बिर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमल गाउँपालिकामा ५-५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हाल्दिबारी र कनकाईमा १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३-३, देउमाई र सूर्योदयमा १-१, धनकुटाको पख्रिबास, महालक्ष्मी र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको धर्मदेवी र खाँदबारीमा १-१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.