पथरीमा डेरी ल्याब्रोटरी टेक्निसियन सम्बन्धी तालिम

पथरी, २२ साउन । मोरङ्गको पथरी शनिश्चरेमा डेरी ल्याब्रोटरी टेक्निसियन सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा सञ्चालित ५ दिने तालिममा १३ जना डेरी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यसै कार्यक्रम दमकमा गत साउन ६ देखि १० गते, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म र आज भने पथरीमा तालिम प्रदान गरिएको नेपाल डेरी एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेष कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका दिनेश सुवेदी, सहज परियोजनाका प्रविन श्रेष्ठ, मुख्य प्रशिक्षक सिवाराम सिंह, सहायक प्रशिक्षक नगिना गौतमले सहजीकरण गरेका थिए ।
डेरी एशोसिएसन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले स्वागत मन्तव्य तालिम कार्यक्रमका मूख्य प्रशिक्षक सिवाराम सिंह, डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल तथा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले तालिमले गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।
तालिममा सहभागिको तर्फबाट पदम दाहालले आफ्नो अनुभव साटासाट गर्ने क्रममा यो तालिमबाट आफूले धेरै कुरा सिक्न पाएको कुरा बताए । सोहि अवसरमा तालिममा सहभागिलाई प्रमाण पत्र समेत वितरण गरिएको डेरी एशोसिएसन कोशी प्रदेशका सचिव अशेष कुमार बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.