लिम्बूवान बन्दका कारण झापाको जनजीवन प्रभावित

दमक,२२ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले आज आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ ।राष्ट्रिय जनमुक्ति पार्टीसहित पहिचानवादी विभिन्न ६ घटकद्वारा आज एक दिन लिम्बुवान बन्द आव्हान गरेको हो । बन्दका कारण झापाका मुख्य शहर,वजार विहानैदेखि आंशिक रुपमा खुला छन् भने सडकमा लामा दुरीका सवारीहरु पूर्ण रुपमा ठप्प रहेको छ । जिल्लाका अधिकांस शिक्षण संस्थाहरुको पठनपाठन प्रभावित हुन पुगेको छ ।
सडकमा छोटा दुरी तथा निजी सवारीसाधनहरु भने छिटफूट रुपमा मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
वि.स.ं १८३१ साउन १८ गते लिम्बुवान र तत्कालिन गोर्खाली शासकबीच भएको ताम्रपत्रको सन्धिलाई सोही साल साउन २२ को नूनपानी सन्धिले विस्थापित गर्दै लिम्बूवानको सार्वभौमसत्ता हरण गरेको जनाउँदै त्यस दिनलाई जनमुक्तिले वि.स.ं २०६६ सालदेखि साउन २२ गते विरोध स्वरुप बन्दको आव्हान गरिआएको छ ।
उक्त बन्दको आव्हान प्रति किरात याक्थुङ चुम्लुङ्ग,जसपा निकट लिम्बूवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका राजनीतिक दल, जातिय संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.