जनमुक्तिसहितका पहिचानवादीहरुद्धारा भोलि लिम्बूवान बन्दको आव्हान

दमक,२१ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले भोलि साउन २२ गते लिम्बुवान बन्दको आव्हान गरेको छ ।राष्ट्रिय जनमुक्ति पार्टीसहित पहिचानवादी विभिन्न ६ घटकद्वारा एक दिन लिम्बुवान बन्द आव्हान गरेको हो ।
पार्टीले वि.स.१८३१ साउन १८ गते लिम्बुवान र तत्कालिन गोर्खाली शासकबीच भएको ताम्रपत्रको सन्धिलाई सोही साल साउन २२ को नूनपानी सन्धिले विस्थापित गर्दै लिम्बूवानको सार्वभौमसत्ता हरण गरेको जनाउँदै त्यस दिनलाई कालोदिनका रुपमा लिम्बूवान बन्दको आव्हान गरेको हो ।
पहिचान र अस्तित्वको आन्दोलनमा जोडिएर रहेको लिम्बुवानको मुद्धा प्रति प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष जिल्ला समन्वय समिति झापाले पूर्ण रुपमा ऐक्यबद्धता गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जनमुक्तिले ऐतिहासिक भूगोल लिम्बुवानको मुद्धा लिएर वि.स.ं २०६६ सालदेखि साउन २२ गते विरोध स्वरुप बन्दको आव्हान गरिआएको छ ।उक्त बन्दको आव्हान प्रति किरात याक्थुङ चुम्लुङ्ग,जसपा निकट लिम्बूवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका राजनीतिक दल, जातिय संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.