दमक,२१ साउन । अनेरी क्याप्टेन भिसी स्व. रामबहादुर बेघाको ८९ औं जन्जयन्ती आज दमकमा मनाईएको छ ।भिसी रामबहादुर बेघा एमभिओ प्रतिष्ठानले किरात माङहिम परिषरमा आज औपचारिक कार्यक्रम गरि जन्मजयन्ती मनाईएको अध्यक्ष मोहन थेवेले बताए ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको प्रमुख आतिथ्यतामा भएको जन्मयजयन्ती समारोहमा सहभागिहरुले स्व. बेघाले स्वदेश तथा विदेशसम्म पुरयाँएको योगदान माथि चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक संरक्षक स्व. बेघाकी धर्मपत्नी पुनिमाया चाम्लिङ बेघा, दमक वेलफेयरका अफिसर खेम राज मादेन ,किरात याक्थुङ चुम्लुङ्गका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, भूपू बिट्रीस तथा भारतीय गोर्खा सैनिक संघसंगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको प्रतिष्ठानका उपाध्यक्ष मोहन बेघाले बताएका छन् । विस. १९९२ साउन २१ गते जन्मिएका दमक ८ निवासी भिसी बेघाको ८८ बर्षको उमेरमा गत बैशाख ९ गते निधन भएको थियो