दमक,२१ साउन । विश्व आदिवासी दिवसमा कोशी प्रदेश भरि सार्वजनिक विदा हुने भएको छ । कोशी प्रदेश सरकारले विदा सम्बन्धी प्रदेश राजपत्रमा साउन २४ लाई विश्व आदिवासी दिवसका रुपमा सार्वजनिक विदा उल्लेख छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकालेका क्यालेण्डर अनुसार विश्व आदिवासी दिवससहित भदौ २१ गते राधाकृष्ण रथयात्रा,असोज २ गते ऋषिपञ्चमी (महिला कर्मचारीलाई मात्र ) , कार्मित २५ गते फाल्गुनन्द जयन्ती, मंसीर ४ गते छठ् पर्वमा विदाँ उल्लेख छ ।
यसवर्ष २९ औ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।