कमल ५ निवासी समाजसेवी नेम्बाङको निधन

दमक,१८ साउन । किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व केन्द्रीय उपाध्यक्ष, समाजसेवी झापा, कमल गाउँपालिका ५ निवासी पृथ्वीबहादुर नेम्बाङको १०० वर्षको उमेरमा निधन भएको छ ।
बिस १९७८ साल चैत २८ गतेका दिन माता महालक्ष्मी आङ्देम्बे तथा पिता राजबल नेम्बाङको कोखबाट कान्छा सुपुत्रको रूपमा साविक पान्थर पौवासारताप वडा न. ३ पौवामा जन्मिएका उनी लामोसमयदेखि कमल ५ साविक साविक लखनपुर २ मा स्थायी बसोबास गर्दै आएका थिए । उनको आफनै निवासमा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको पार्थिव शरीरलाई आज दिउँसो कमल ५ स्थित सावित्री चौंक उत्तर जंगलमा किरात धर्म ,संस्कृति अनुसार अन्त्येष्टि गरिएको थियो ।
स्व.नेम्बाङ विस. १९८८ सालदेखि नै किरात धर्मको उत्थान र विकासमा लागिपरि विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहिआएका थिए । संघको आजीवन सदस्य उनी विस २०५१ सालमा सम्पन्न किरात धर्म तथा साहित्य उत्थान संघको तेश्रो केन्द्रीय महाधिवेशनबाट दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published.