ब्राउनसुगरसहित एक जना पक्राउ


मोरङ, १८ साउन।
मोरङ, बिराटनगर महानगरपालिका- २ दुर्गा चौकस्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ,पथरीशनिश्चरे- ६ का २३ बर्षीय निरज गोडी रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.