उदयपुरमा लागूऔषध गाँजा सहित दुई जना पक्राउ

विराटनगर, १८ साउन । उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

गाँजा फेला परे पछि सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको रहेको खुल्नआएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.