पिकअपको ठक्करबाट हल्दिवारीमा दुई जनाको मृत्यु

झापा,१७ साउन ।पिकअपको ठक्करबाट झापाको हल्दिवारीमा दुई जनाको मृत्यु भएको छ ।हल्दिवारी– ५ सोडागान्धी चोकस्थित हुलाकी मार्गमा पिकअपको ठक्करबाट मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो । हुलाकी मार्गमा राजगढवाट जलथलतर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तत्काल नामथर वतन नखुलेको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्दाजी २५–३० वर्षका दुवै घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको बिहीबार राति ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्द जानकारी दिए ।

पिकअप र पिकअप चालक भद्रपुर–२ का ३७ वर्षीय दिपेन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.