झापामा हालसम्म ८५ प्रतिशत रोपाइँ

झापा, १५ साउन । झापामा साउन १५ सम्म ८५ प्रतिशत रोपाइँ भएको छ ।गत वर्ष साउन १५ सम्म यस वर्षभन्दा बढी रोपाइँ भएको थियो । ढिलोगरी मनसून शुरु भएको र बीचमा बढी वर्षा भएका कारण रोपाइँमा ढिलाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका चेतराज भण्डारीका अनुसार गत वर्षको तुलनामा केही कम रोपाइँ भएको हो । समयमै वर्षा सुरु नभएको र बीचमा लगातार वर्षा भएकाले गत वर्षको तुलनामा कम रोपाइँ गर्न सकिएको उनले बताए ।
झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.