कुन उमेर समूहले कस्तो खाना(डाइट) खाने ?

डा.लेखनाथ न्यौपाने
मानिसको उमेर, उसले गर्ने काम ,गर्भवती अवस्था अनि रोग लागेको भए या कुनै ठूलो दुर्घटनापछि शरीरमा लागेको चोट या घाउको प्रकृति हेरेर खाना खाने सल्लाह दिइन्छ । विशेष गरेर वढदो उमेरका केटाकेटी र टिनएज उमेरका हरेक मानिस र गर्भवतीलाई अरुको भन्दा अझ पोषिलो खानेकुराको आवश्यकता पर्छ । शरीरका हरेक अङ्गको विकासका साथै दिमागको पनि धेरै उपयोग हुने बेला हो युवा अवस्था र केटाकेटी अनि गर्भवती अवस्था । उनीहरुलाई पढाईको, करिअरको पनि दवाब रहने हुँदा दिमागलाई सक्रिया बनाउँने र धेरै शक्ति दिने प्रकारका खाना खानुपर्छ । साथमा शरीरमा विभिन्न प्रकारका हर्मोन(रसराग)को पनि विकास यही उमेरमा हुने हुँदा भिटामिनको पनि आवश्यकता पर्छ ।
हामीले दैनिक सेवन गर्ने खानाका परिकारमै हाम्रो शरीरलाई चाहिने सबै प्रकारका पैष्टिक तत्व रहेका हुन्छन् । हामीले यसलाई वुझेर सही मात्रामा खाने हो भने अरु धेरै खर्च र बजारमा पाइने विभिन्न भिटामिनका बोतलको आवश्यकता नै पर्दैन् । वढदो उमेरमा खानैपर्ने खानेकुरामा आयोडिन पनि एक हो । आयोडिन विशेष गरेर आयोडीन युक्त नुनमा पाइन्छ । नुनमा मात्र भर परेर हुँदैन् । हामीले खाने दैनिक खाध्य पदार्थमा प्रसस्त मात्रामा आयोडिन पाइन्छ । जस्तै गोलभेडा, पालक, अण्डा, आलु जस्ता विभिन्न खानेकुरामा आयोडिन पाईन्छ । आयोडिनको सहयोगमा हाम्रो घाटीको अगाडी रहेको थाइराइड ग्रन्थिले राम्रोसँग थाइराइड हर्मोन उत्पादन गर्छ । जसले शरीरमा चाहिने आवश्यक शक्ति उत्पादन गर्न र वृद्धि विकासमा भूमिका खेल्छ । वढदो उमेरका मानिससलाई चाहिने अर्को आवश्यक तत्व हो चिल्लो(प्mयाट) युक्त खानेकुरा । यसले पनि शरीरमा रहेका अनेकन कोष तन्तु, अङ्गको विकास र आवश्यक शक्ति उत्पादनमा सहयोग गर्छ । खानामा थोरै घिउ, अण्डा, दही या दूध, शुद्ध तेल, फलफुल, बदाम आदिको सेवन आनिवार्य हुन्छ । खानामा प्रोटिनको उत्तिकै आवश्यकता हुन्छ । यसले कोष विभाजन र शरीर वृद्धिमा मुख्य भूमिका खेल्छ । शरीर वढ्ने उमेर र चाडो घाउ भरिने माध्यम भनेकै प्रोटिन हो । यसको स्रोत भनेको पनि हामीले खाने खानेकुरा नै हो । जसमा दाल, गेडागुडी ,दुध, दही माछामासु आदि पर्दछन् ।

 

शरीरमा रक्त संचारको भूमिका धेरै महत्वको हुन्छ । हामीले लिएको अक्सिजन फोक्सोबाट रगतकै माध्यम भएर हरेक कोषसम्मा पुग्छ । कोषमा भएको खानेकुरा पनि रक्त सञ्चारकै माध्यमबाट कलेजोबाट हरेक कोषसम्म पुग्छ । त्यसैले हाम्रो शरीरमा दौडिने रगत स्वस्थ र पूर्ण हुनुपर्छ । शुद्ध र पूर्ण रगत हुनु भनेको हेमोग्लोविनको मात्रा सामान्य हुनु हो । यसको स्रोत भनेको आइरन अर्थात फलाम हो । पुरुषमा १२ देखि १८ र महिलामा ११ देखि १६ हिमोग्लोविन सामान्य मानिन्छ । यदि यसको कमी भयो भने रक्तअल्पता हुन्छ । यदि कुनै कारण या रोगले उच्च विन्दु भन्दा माथि गयो भने पनि कुनै रोगको नै संकेत हुन्छ । तर वढी हुने प्रतिशत धेरै कम हुन्छ । रगतको कमी धेरै प्रतिशतमा हुन्छ । कमी भएमा काममा या पढनमा मन नलाग्ने, छिट्टै थकान लाग्ने, जस्ता शारीरिक समस्या देखापर्छन । मानसिक रुपमा हिमोग्लोविनको पनि भूमिका हुन्छ । मुख्य स्रोत आइरनले डोपामाइनजस्तो महत्वपूर्ण हर्मोन रिलिज गर्छ । जसले दिमागलाई खुसी राख्ने काम गर्छ । त्यसैले आइरनको कमीहुनबाट वच्न खानेकुरामा र पानी पिउँनमा ध्यान दिनुपर्छ ।

……………………………………………………………………………………………………………………………………………..

यसरी नै तुरुन्त शक्ति उत्पादन गर्ने कार्बोहाइड्रेटको मात्रा पनि अरु उमेर भन्दा ज्यादा चाहिन्छ वढदो उमेरलाई । यसले थकान हटाउने, मस्तिष्कलाई सकृय बनाउने र पढ्न या खेल्नमा जागर चलाउने लगायतका धेरै काम गरिरहेको हुन्छ । कार्बोहाइड्रेट भनेको गाडीमा लगाइने इन्धन जस्तै भएकाले आवश्यक मात्रामा भात, रोटी, खाजा जसमा घरकै मकै, कोदो, फापर, आलु, तरुल, चामलका परिकार दिन सकिन्छ । यो उमेरमा बजारका खानेकुरा जस्तै फास्टफुड या पकेटका खानेकुरा खाने इच्छा धेरै हुन्छ । यसले मात्र शरीरलाई चाहिने कुरा नपुग्ने हुँदा यस्ता खानेकुराको भर पर्नु हुदैन् । वढदो शरीरको लागि आवश्यक अर्को तत्व हो जिंक । यसले नसा र ब्रेन सेल्सबीच सञ्चार सम्बन्ध कायम राख्नका लागि मुख्य भूमिका खेल्छ । केटकेटी या वढदो उमेरमा जिंक तत्वको कमी भयो भने बौदिक क्षमतामा कमी आउँछ । यसको पूर्ति गर्न बदाम, बिउ(गेडागुडी), तिल, अण्डा, माछा, मासु लगायतका खानेकुरा खान दिनुपर्छ । विभिन्न प्रकारका भिटामिनले वढदो शरीरको विकासमा धेरै भूमिका खेलिरहेको हुन्छ । बोसोमा घुल्ने र पानीमा घुल्ने गरेर भिटामिनको वर्गीकरण गरिएको हुन्छ । हरेक खाले भिटामिनको आवश्यक मात्रामा सेवन गर्नुपर्छ । यसको लागि घाममा बस्नु, घिउ खानु, दुधदही खानु, माछामासु या साकाहारीले विभिन्न प्रकारका फल र गेडागुडी खानु आवश्यक हुन्छ ।

शरीरमा रक्त संचारको भूमिका धेरै महत्वको हुन्छ । हामीले लिएको अक्सिजन फोक्सोबाट रगतकै माध्यम भएर हरेक कोषसम्मा पुग्छ । कोषमा भएको खानेकुरा पनि रक्त सञ्चारकै माध्यमबाट कलेजोबाट हरेक कोषसम्म पुग्छ । त्यसैले हाम्रो शरीरमा दौडिने रगत स्वस्थ र पूर्ण हुनुपर्छ । शुद्ध र पूर्ण रगत हुनु भनेको हेमोग्लोविनको मात्रा सामान्य हुनु हो । यसको स्रोत भनेको आइरन अर्थात फलाम हो । पुरुषमा १२ देखि १८ र महिलामा ११ देखि १६ हिमोग्लोविन सामान्य मानिन्छ । यदि यसको कमी भयो भने रक्तअल्पता हुन्छ । यदि कुनै कारण या रोगले उच्च विन्दु भन्दा माथि गयो भने पनि कुनै रोगको नै संकेत हुन्छ । तर वढी हुने प्रतिशत धेरै कम हुन्छ । रगतको कमी धेरै प्रतिशतमा हुन्छ । कमी भएमा काममा या पढनमा मन नलाग्ने, छिट्टै थकान लाग्ने, जस्ता शारीरिक समस्या देखापर्छन । मानसिक रुपमा हिमोग्लोविनको पनि भूमिका हुन्छ । मुख्य स्रोत आइरनले डोपामाइनजस्तो महत्वपूर्ण हर्मोन रिलिज गर्छ । जसले दिमागलाई खुसी राख्ने काम गर्छ । त्यसैले आइरनको कमीहुनबाट वच्न खानेकुरामा र पानी पिउँनमा ध्यान दिनुपर्छ । आइरन वढाउने खानेकुरा जस्तै हरियो सागपात, फलफुल, कोदो, फापर, गेडागुडी र सकेसम्म फलामको कराई या भाडामा पकाएको खानेकुरा खानुपर्छ । सिल्भरको भाडामा पकाएका खानेकुरा या लामो समयसम्म सिल्भरका भाडामा राखेका खानेकुरा सकेसम्म खानुहुदैन । यो स्लो प्वाइजन जस्तै हो । गाई या भैसकिो दुधमा आइरन धेरै नहुने हुँदा दुधमा मात्र भरपर्नु हुदैन् ।

माथि उल्लेख गरिएका खानेकुरा र विभिन्न आवश्यक तत्व सबै उमेर समुहलाई आवश्यक हुन्छ । यसमा पनि वढदो उमेर भएकालाई भने धेरै लाग्छ । यसरी नै जेष्ठ नागरिकलाई भने मस्तिष्कमा हुनसक्ने कमजोरी र संकुचनबाट वच्न आवश्यक मात्रामा प्रोटिन, भिटामीन, खनिज र सान्तवनाको आवश्यकता पर्छ । हातखुट्टा काम्ने, पोल्ने, विर्सदै जाने, निद्रा कम लाग्ने, एक्लो महशुस गर्ने, जिउँ सुक्खा हुने, चिलाउँने, अपच, सास फुल्ने, उच्च रक्तचाप हुने, जोर्नी कमजोर हुने दुख्ने जस्ता अनेक सम्स्या आउँन नदिन पोषिला खानेकुरा जस्तै थारै मात्रामा घिउ, दुध, दही फलफुल पानी आदि आवश्यक मात्रामा दिनुपर्छ । साँथमा शरीर सुख्खा हुनबाट वच्न लोसन या तेल मालिस आवश्यक हुन्छ । यसका साँथै मिठो बोली माया र साँथ रहनु पनि उत्तिकै आवश्यक हुन्छ । बुढाबुढी अथवा जेष्ठ नागरिकमा हुनसक्ने विभिन्न समस्या र रोगलाई जिरियाट्रिक डिजिज भनिन्छ । यसमा रोगको सहि उपचार, पोसिलो खानपान र मायममताको धेरै आवश्यकता पर्छ । बुढाबुढी र केटाकेटीको अवस्था उस्तै उस्तै हो । दुबैलाई राम्रो हेरविचारको आवश्कता पर्छ । त्यसैले उमेर र आवश्यकता अनुसारका खाना खाने बानी बसालौ र सधै स्वस्थ रहौँ । घरबारी या करेसाबारीमा फल्ने सागपात, दालजन्य गेडागुडी, गहु, मकै, कोदो, फापर, दुधदही र कन्दमुल नै स्वास्थ राख्न सक्ने खानेकुरा हुन् ।

हरेक मानिस कुनै न कुनै मानसिक या शारीरिक समस्याबाट गुज्रिरहेको हुन्छ । बाहिरबाट देख्दा जति नै सफल र खुसी देखिए पनि भित्र भने तनावमा बाँचेको हुन्छ । यसको मुख्य कारणमा सन्तुलित भोजनको कमी या कुनै नशाजन्य वस्तु सेवनको आदत अनावश्यक वस्तुु या खुसी या दुःख वाढन नसक्नुु र ठूला ठूला सपना देख्नु अनि पुरा नभएमा आफैमा दुःखी हुनु । वास्तवमा जीवन यो होइन जीवन त सहज रुपमा जीउनु हो । अरुको सुख दुःखमा रमाउन सक्नु हो । यो मानिसको उच्चतम स्वस्थ रहने उपाय हो । मस्तिष्कलाई सही बाटोमा हिँडाउन मुख्य भूमिका खेल्ने कुरा भनेको सन्तुलित भोजन हो । योग हो । अध्ययन हो । समाजमा घुलमिल गर्नु हो । धेरै भन्दा धेरै मानिसको जीवनी पढनु हो । यसले जीवन वुझ्न र आफनो महत्व सिकाउछ । जसले जीवनको महत्व बुझन सक्छ उसले स्वस्थ अनि सन्तुलित भोजनको महत्व र फाइदा पनि बुझछ । (लेखक , दमकका पूराना होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.