दमक,१५साउन । दिवंगत बुवाको किरियामा बसेका झापा शिवसताक्षीका एकजना व्यक्तिको निधन भएको छ ।शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै आठौ दिनका समयमा निधन भएको हो । काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । घिमिरेको उपचारकै क्रममा सोमबार साँझ निधन भएको पहो । जेठा छोरा गणेशको मृत्युको खबरले घिमिरे परिवार मात्र नभएर स्थानीय छरछिमेकहरु थप शोकमा डुबेको छ । परिवारका अनुसार घिमिरेको आज कनकाई माईमा अत्येष्टि गरिएको छ । सवारी दुर्घटनामा परी गणेशका पिता दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।