लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत देउ : महासंघ

दमक,१२ साउन । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ कोशी प्रदेश समितिले विगतमा लामोसमयदेखि पशुहरुमा महामारीका फैलिएको लम्पी स्किन रोग नियन्त्रण गरि पीडित किसानहरुलाई तुरुन्त राहत उपलव्ध गराउन सरकारसंग माग गरेको छ ।
महासंघ प्रदेश समितिले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि खुल्ला सिमाना भएका कारण पनि पशुहरुमा लागेको लम्पी स्किन थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गरि त्यसको नियन्त्रणका लागि प्र्याप्त भ्याक्सिन र राहत उपलव्ध गराउन माग गरेको हो ।
महासंघका प्रदेश सभापति राजेन्द्र भट्टराई,केन्द्रीय सदस्य केशव भट्टराईले कृषि प्रधान देशका किसानका समस्या राज्यले नसुनेको भन्दै अव किसानहरु देशव्यापी आन्दोलन गर्न बाँध्य हुने चेतावनी दिए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य सञ्जय भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष नवीन कुमार चौधरी, नेपाल किसान महासंघ कोशी प्रदेश समिति सचिव यज्ञप्रसाद भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेश सदस्यहरु गोपाल दाहाल, भावना अर्याल, बासुदेब गुरागाँई, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि कबिता उप्रेती, नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखा सभापति भानु पराजुली लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि, आजनै महासंघले प्रदेशका १४ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसहित कृषि तथा पशुपंक्षी मन्त्रालयमा विभिन्न मागहरु समेटेर ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्रमा लम्पी स्किनका पीडित किसानलाई राहत ,प्र्याप्त भ्याक्सिनको व्यवस्था, पशु क्षति भएका किसानलाई राहत,पूर्नास्थापना, क्षति भएको किसानको पशु बिमा रकम अबिलम्ब भुक्तानी, लम्पीस्किनका कारण पशुपालनमा क्षति भएका किसानहरुको कर्जा त्तत्काल मिनाहा गर्न तथा पशुपालन व्यवसायका लागि सहुलियत दरको कर्जा व्यवस्था उपलव्ध गराईदिन माग गरिएको उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published.