दूधे, ११ साउन । झापाको शिवसताक्षी – ११ स्थित जंगल नजिकका बस्तीमा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष भैरवकुमार श्रेष्ठले बताए ।
उनका अनुसार हात्तीको उपद्रोबाट घरसँगै किसानको धान र मकै बाली समेत नष्ट गरेको छ। हात्तीले भत्काएका घरहरू रतुवामाई वृक्षारोपण आयोजनाको जंगल संग जोडिएका हुन् ।
एक सातादेखि हात्तीले स्थानीयवासीको घर भत्काएर हैरान गर्न थालेको स्थानीय दीपक चौहानले जानकारी दिएका छन् ।हात्तीले वडा नम्बर ११ का चन्द्र वहादुर थेवे, बल बहादुर राई, भिमकुमार राई,अनिल लिम्बू,रत्न राई,टेक बहादुर राई, नर प्रसाद लक्सम र रोशन थेवेले घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत तानेर खाइदिएको छ। अधिकांशको भण्डारण गरिएको खाद्यान्न घरको बार भत्काएर हात्तीले खाएको चौहानले बताए ।
हात्तीले वितण्डा मच्चाउदाँ स्थानीयहरु ज्यान जोगाउन लत्ताकपडा खाद्यान्न र बालबालिका सहित भागेका थिए । स्थानीयवासीका अनुसार हात्तीले सबै पीडितको गरेर पाँच लाख बराबरको क्षति भएको बताएका छन् ।
जंगल क्षेत्र मानिसले अतिक्रमण गरेर उनीहरूको आहारा नामेट बनाएपछि जंगली जनावर आहारका लागि मानवबस्तीमा हात्तीले उप्रद्रो गर्दे आएको वताईएको छ ।