विभिन्न घटनामा परेर तीन जनाको मृत्यु

दमक,३ साउन । विभिन्न घटनामा परेर तीन जनाको मृत्युभएको छ । झापा, इलाम र सुनसरीमा भएका तीन अलग अलग घटनामा परेर दुई महिलानसहित तीन जनाको मृत्युभएको हो ।

माई खोलामा डुबेर युवतीको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका– १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ ।बुधबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए ।
सो शव इलाम माई नगरपालिका ८ इलाम घर भएकी १६ बर्षिया रमिला शेर्पाको भएको खुल्न आएको छ । इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर एकजनाको मृत्यु
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ । मंगलबार दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी मन्जिल मुकारुङले बताए । राईको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा भइरहेको डीएसपी मुकारुङले बताए।
सफारीसँग स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु
इटहरीमा सिटी सफारीसँग ठोक्किँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटर पछाडि सवार इनरुवा नगरपालिका ७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार मङ्गलवार दिउँसो इटहरी– ९ स्थित साथी पेट्रोल पम्प अगाडि खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ५५७७ (हाल इटहरी उपमनपा १ ह १२५) सिटी सफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०२–०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.