बिराटनगर, ३० असार । मोरङमा १५ सय केजी गाँजा नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले १५ सय केजि गाँजा नष्ट गरेको हो। रंगेली -७ स्थित तिरुपति आर्यघाट नजिकैमा रहेको डस्वसिन साईडमा ठुलो मात्रामा गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए ।
मोरङ प्रहरी गत असार १४ गते धनपालथान गाँउपालिका -७ स्थित कमलपुर टोल बस्ने बर्ष ३० का राजकुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा प्रहरीले खोजतलास गर्दा निजको करेसाबारीमा अवैध गाँजा ४९ बोरा १५ सय ४८ केजी बरामद गरेको थियो।
प्रहरीले उक्त गाँजा मोरङ जिल्ला अदालतका नासु तेजेन्द्रप्रसाद साह ,बडा अध्यक्ष रामचन्द्र मंण्डल, नगरपालिकाका प्रतिनिधि पशुपतिलाल दास, स्थानीय, बुद्धिजीवी लगायतको रोहवरहमा गाँजा नष्ट गरेको प्रहरी निरीक्षक खड्काले बताए ।पछिल्लो केहि समयदेखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।