
काठमाण्डौ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते गरेको दोस्रो पटकको संसद् विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
दुई दिनभित्र देउवाको ७६(५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोञ्च अदालतले परमादेश जारी गरेको हो। अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ।
संविधानको धारा ७६ ९५० अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीबाट आह्वान भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी, माओवादी केन्द्र, एमाले नेपाल पक्षका २६ जना र जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षरसहित दाबी गरेका थिए।