लायन्सको दमकमा ४० लाख बढीका सामाजिक काम

दमक ,२७ असार । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत दमक क्षेत्रमा रहेका बिभिन्न क्लबहरुले एक हप्ताको अवधिमा ४० लाख रुपैयाँ भन्दा धेरैको सामाजिक कामहरु गरेको जनाएका छन् ।
दमक क्षेत्र अन्तर्गत रहेका २२ वटा लायन्स क्लबहरुले गत एक हप्ताको अवधिमा यस क्षेत्रमा ४२ लाख रुपैयाँ बराबरका बिभिन्न सामाजिक कार्यक्रमहरु गरेका हुन् ।
झापाको शिवसताक्षी नगरपालिकादेखि मोरङको पथरि शनिश्चरेसम्म रहेका २२ वटा लायन्सहरुको अग्रसरतामा ती कार्यक्रमहरु गरिएको एरिया चिफ ज्ञाननाथ पौडेल ज्ञानुले जानकारी दिए । दमकमा आइतवार पत्रकार सम्मेलन गर्दै लायन्सको अवधारणा अन्तर्गत दृष्टि, वातावरण, गरिवी न्यूनीकरण र डायबिटिज रोग बिरुद्धका बिभिन्न कार्यक्रमहरु गरिएको उनले बताए । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारा सहित स्थापना भएको लायन्स क्लबले रक्तदान, बृक्षारोपण, आँखा जाँच सम्बन्धि निशुल्क शिबिर लगायतका कार्यक्रम गरिएको क्यबिनेट ट्रेजरर कमल शाक्यले जानकारी दिए ।
त्यस्तै लायन्सका गभर्ननर एड अजय अग्रवालले लायन्स ईन्टरनेशनलको सहयोगबाट पनि यर क्षेत्रमा धेरै कार्यक्रमहरु गरिएको बताए । आगामी दिनमा प्रकोप व्यवस्थापन, मानवीय सेवाका कार्य र युवा लक्षित कार्यक्रमहरु गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.