थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि


झापा,२७ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २ सय ३७ र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो।

यसैबीच काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएकामा काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published.