ब्राउनसुगर सहित ४ जना पक्राउ

सुनसरी, २७ असार २७। सुनसरीको ईटहरी उप(महानगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । सोहि स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका(१२ घर भई ईटहरी उप(महानगरपालिका(५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी(५ का १६ बर्षीय १ बालक र ईटहरी(४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् । निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद विस हजार समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ बर्षीय बिबेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आए संगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.