नेविसंघ झापाले पूर्णता पायो

दमक,२७ असार । नेपाल विद्यार्थी संघ झापालाई पूर्णता दिईएको छ । संघको गत असार १९ गते बसेको बैठकले जिल्ला कार्यसमितिका पदाधिकारी,सदस्य मनोनित गरि विभागीय जिम्मेवारीलाई समेत पूर्णता दिएको हो ।
जसअनुसार उपसभापतिद्धयमा सहदेव भट्टराई,भरत दुलाल,सचिवमा पोषराज कटुवाल,सहसचिवमा अशोक पाठक र सदस्यहरुमा सन्देस रिजाल,दिपक नेपाल,सञ्जय साह,प्रकाश अधिकारी ,उत्साह बराल,हिमाल नेपाल,कन्चन कार्की ,सोनिका भण्डारी,प्रकाश चम्लागाई,डुपेन्द्र रिजाल,जनार्दन उप्रेती,यदुनाथ सुवेदी,विजय राई,शंकर पोख्रेल,दिपेन चेम्जोङ र आशिष बस्नेतलाई मनोनित गरिएको सभापति राजेन्द्र उप्रेतीले बताएका छन् ।
यसैगरि संघले संगठन निर्माणमा सहयोग पुरयाँउन उद्देश्यले ९ ओटा विभागीय जिम्मेवारी प्रदान गरिएको जनाएको छ । विभागीय जिम्मेवारीमा एलेक्स (लक्ष्मी ) मैनालीलाई विद्यार्थी सम्पर्क तथा समन्वय विभाग,मनिता सिटौलालाई छात्रा तथा साहित्यीक विभाग,सन्जय राईलाई संगठन विभाग,पारषमणी तिम्लसीनालाई नीति तथा प्रशिक्षण विभाग,बिशाल सिटौलालाई शिक्षा विभाग,मणि लिम्बूलाई अतिरिक्त क्रियाकलाप विभाग,द्रोर्ण दाहाललाई सामाजिक तथा खेलकुद समन्वय विभाग ,आशिष लछार्बोलाई आदिवासी जनजाति विभाग र गैरजंग क्षेत्रीलाई विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.