दुर्गा पांञ्चायन मन्दिर परिसरको सरसफाई

दमक, २७ असार । दमक १ स्थित संगम चुलाचुली टोल बिकास संस्थाले आज स्थानीय दुर्गा पांञ्चायन मन्दिर परिसरको सरसफाइ गरेको छ। टोल बिकाश संस्थाको आयोजनामा मन्दिर परिसरको सरसफाई गरिएको संस्थाकी अध्यक्ष सुमित्रा प्रसाईले बताईन। आफनो टोल भित्र रहेको सार्वजानिक स्थानहरुको सरसफाई गर्ने कार्यक्रम अन्र्तगत आज मन्दिर परिसरमा सरसफाई गरिएको प्रसाईले बताईन ।

आफनो टोलमा रहेका सार्वजानिक स्थानहरु मठमन्दिर, सडक, ढल लगायतका स्थानमा सरसफाई गर्ने कार्यलाई निरन्तरता दिईने पनि उनले बताईन । कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष ताराप्रसाद अधिकारीको समेत उपस्थिती रहेको थियो । सो अवसरमा वडा अध्यक्ष अधिकारीले सार्वजानिक स्थलहरुको संरक्षण र सरसफाईमा स्थानीय समुदायको भुमिका महत्वपूर्ण हुने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे । सरसफाई कार्यक्रममा संस्थाका सदस्य तथा मन्दिर आसपासमा बसोवा गर्दै आएका समुदायको सहभागिता रहेको थियो । सार्वजानिक महत्वका स्थानहरुलाई सुन्दर र सफा राख्नु नागरिकको दायित्व भएको स्थानीय खोमा न्यौपानेले बताईन। श्रावण महिनाको प्रत्येक सोमबार शिवलाई जल चढाउने महिना भएकाले मन्दिरको सरसफाईलाई विशेष ध्यान दिदै जल चढाउन आउन आग्रह समेत गरिएको टोल बिकास संस्थाकी सदस्य बिमला बेघाले जानकारी दिइन ।

टोल संस्थामा पुनः प्रसाई
यसैवीच टोल बिकास संस्थाको अध्यक्षमा पुनः सुमित्रा प्रसाईं चुनिएकी छन् । संस्थाको सम्पन्न साधारणसभाले गठित समितिको सचिवमा किसन राई ,कोषाध्यक्षमा त्रिलोचन रेग्मी लगायत चुनिएको संस्थाका सदस्य देवी प्रसाद भट्टराईले जानकारी दिए ।
संस्थाले टोल बिकास एरियामा खोलामा लानुपर्ने पानी टोल बिकास तिर ल्याएकाले नगर पालिकालाई ढललाई उचित व्यवस्थापन गर्न जानकारी गराउने ,दुर्गा पाञ्चायान मन्दिर पूर्व रहेको जीवन चक्र मार्गलाई स्तर उन्नतिका लागि पहल गर्ने, संस्थाको खाता सहकारी वा बैंकमा सञ्चालन गर्ने ,फोहोर व्यवस्थापनलाई सहजीकरण गरि उचित व्यवस्थापन गर्ने तथा दुर्गा पाञ्चायन मन्दिरलाई नियमित रुपमा सरसफाइ गर्ने लगायतका निर्णय गरिएको सचिव किसन राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.