दमकमा कांग्रेसको क्रियासिल सदस्य नविकरण सुरु

दमक ,२६ असार । नेपाली कांग्रेसले दमकमा पार्टी क्रियाशील सदस्यता नविकरण कार्य शुरु गरेको छ । पार्टी संगठन थप सुढृण बनाउन उद्देश्यले पार्टी केन्द्रीय समितिको निर्णय अनुसार सदस्यता नविकरण शुरु गरिएको कांग्रेस दमकले जनाएको छ ।
दमक १० वटा वडा मध्ये दमक ५ ले वडा भेला सम्पन्न गरि पार्टी क्रियासिल सदस्यता नविकरण कार्यलाई औपचारिक कार्यक्रम गरि सुरु गरेको हो । बिगतका बर्षहरुमा महाधिवेसनको बर्ष मात्रै नविकरण गरिँदै आएको क्रियासिल सदस्यता अब हरेक बर्ष गर्ने पार्टीको निर्णय बमोजिम सदस्यतासंगै नविकरण सुरु गरिएको कांग्रेस दमक ५ का सभापति चैतन्य बरालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको सदस्यता नविकरण गरेर क्रियासिल सदस्यता नविकरण सुरु गरिएको वडा सभापति बरालले बताए । वडामा क्रियासिल नविकरणको सुरुवात गर्दै केन्द्रिय सदस्य लिम्बुले क्रियासिल सदस्य नेपाली कांग्रेसको संगठन निर्माणका लागी महत्वपुर्ण रहने उल्लेख गरिन् ।
दमक ५ क लागि जिल्ला प्रतिनिधि पर्शुराम रिजालले तोकिएकै समय भित्र सबैको नविकरण गरेर माथिल्ला समितिमा सिफारिस गरिसक्नु पर्ने बताए । क्रियासिल सदस्यता नविकरणका लागी ७ सय रुपैयाँ नविकरण शुल्क जिल्लाबाट तोकिएको भन्दै तोकिएको शुल्क तिरेर नविकरण गर्न उनले सबैलाई आग्रह गरे ।
वडा सभापति बरालका अनुसार दमक ५ मा ३९४ जना क्रियासिल सदस्य छन् । तिन दिनमा १ सय जनाले नविकरण गरिसकेको उनले बताए ।बर्षाको समयमा पनि सुरुकै दिनमा उत्साहजनक नविकरण भएको भन्दै उनले आगामी साउन महिना भरिमा नविकरण सकेर माथिल्लो निकायमा सिफरिस गरिसक्ने बताए ।

Leave a Reply

Your email address will not be published.