पथरीमा आजदेखि थपियो अर्को एम्बुलेन्स

पथरीशनिश्चरे, २४ असार । मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि अर्को एक एम्बुलेन्स थपिएको छ ।बढ्दो सहरीकरण सँगसँगै आवतजावत गर्न अत्यावश्यक भइरहेको वेलामा पथरीमा थप एउटा एम्बुलेन्स प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले एम्बुलेन्स खरिद तथा सेवा सञ्चालनको लागि राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समिति रामशाह पथ काठमाडौंमा सिफारिस पत्र पठाएर आवश्यक प्रक्रिया पूरा गरी एम्बुलेन्स ल्याइएको नगरका सूचना अधिकारी शिवकुमार राईले जानकारी दिए।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको मिति २०८० भदौ १ गते बसेको बैठकको निर्णय अनुसार पथरी शनिश्चरे नगरपालिकालाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका पारित गरी एम्बुलेन्स खरिद तथा सञ्चालनका लागि सिफारिस माग बमोजिम मिति २०८० भदौ ३ को स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस भएको थियो ।

Leave a Reply

Your email address will not be published.