सिटी सफारी दुर्घटना हुदाँ वृद्धाको मृत्यु

उर्लाबारी,२० असार । सिटी सफारी दुर्घटना हुँदा मोरङको लेटाङमा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विना दर्ताको सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावतीको ज्यान गएको प्रनि साहले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
दुर्घटनामा सिटी सफारीका चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राईसहित तीन जना यात्रु समेत घाईते भएका थिए । प्रहरीले दुर्घटनामा संलग्न सफारीसहित चालक राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.