कमल २ मा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम, १ हजार ३ सय बढीले पाए सेवा

दमक ,२० असार । झापाको कमल गाउँपालिकाको २ नं. वडा कार्यालय, तोपगाछीले सञ्चालनमा ल्याएको बिद्यार्थी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रमबाट गएको वर्षसम्म १३ सय बढीले सेवा पाएका छन् । वडाको बिनीयोजित वजेटबाट चालु आर्थिक वर्ष २०८०-०८१ मा १३ सय २० जनाले सेवा लिएका हुन् ।
बिद्यालयमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिबाट सुरु भएको ‘बिद्यालय स्वास्थ्य जाँच’ कार्यक्रम अन्तर्गत मासिक रुपमा यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको छ । स्वास्थ्य जाँच कार्यक्रम सोहि वडामा पर्ने कमल नगर अस्पतालका स्वास्थ्यकर्मीहरुद्धारा प्राविधिक सहयोग पुरयाँउदै आएको वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिए ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य समस्याको निदान तथा भविष्यमा समेत आउन सक्ने स्वास्थ्य जोखिमलाई नियन्त्रण गर्न विद्यालय तहमा यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको र यसवाट विद्यार्थी तथा अभिभावकहरु खुसी भएको उनको भनाई छ ।
उनका अनुसार यस कार्यक्रमबाट पेट दुखेका, टाउको दुख्ने, रुघाखोकी लागेका, झाडापखाला लागेका, दाँतकिराले खाएको, ज्वरोआएका, आँखा चिलाउने तथा दुख्ने अवस्था लगायत स्वास्थ्यमा समस्या आई विरामी परेका बिध्यार्थीहरु लाभान्दित हुदैआएका छन् । कार्यक्रममा प्राबिधिक सहयोगका लागि कमलनगर अस्पतालका स्वास्थ्यकर्मीहरु सिनियर स्वास्थ्य सहायक अमृत सुब्बा, टिकाराज बर्देवा र जनस्वास्थ्य निरीक्षक दिपकप्रसाद दाहालले सहयोग पुरयाँउदै आएका छन् । त्यस कार्यक्रम वडाका ३ वटा सामुदायिक र ३ वटा गरि नीजि तथा सामुदायिक निरन्तर चलिरहेको वडा अध्यक्ष सुब्बाले जानकारी दिए । उनले स्वास्थ्यकर्मीले बिध्यालयमा पुगेर मासिक विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने, पोषण स्थिति हेर्ने र औषधि दिई उपचार गर्नुपर्ने भए औषधि वितरणगर्ने जस्ता स्वास्थ्य सेवा र परामर्श दिने गरिआएका छन् ।
विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थीहरूमा विद्यालय भर्ना हुनु भन्दा अगाडि नै विभिन्न स्वास्थ्य समस्याहरू हुन सक्ने संभावनालाई हटाउन पनि यस कार्यक्रम निकै प्रभावकारी वन्ने गरेको कमल २ का वडा सदस्य भिमसिंह कार्कीको भनाई छ ।
उनका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालय तथा बालमैत्री विद्यालय जस्ता नयाँ अवधारणा मार्फत सञ्चालनको थालनी गरिएको पनि छ । मेशिनरी औजार खरीद, औषधि खरीदका लागी वडा कार्यालयबाट बजेट छुट्याईएको छ भने नेपाल सरकार बाट निःशुल्क वितरण हुने ९८ प्रकारका औषधीहरु स्वास्थ्य समेत अस्पतालबाट पनि उपलब्ध गराउदैं आएको वडा सदस्य कल्पना राईले बताईन् ।
बिद्यालय स्वास्थ्य जाँच’ कार्यक्रम अन्तर्गत बिध्यालयमै पुगेर स्वास्थ्य समस्या हटाउन विद्यार्थीहरुको निःशुल्कस्वास्थ्य जाँच र उपचार कार्यक्रम दुई वर्षदेखि विद्यालयको समन्वयमा हुदै आएको वडा सदस्य महेन्द्र खत्रीले उल्लेख गरे ।
विद्यालय र समुदायको आपसी सहयोग, सम्बन्ध र सहकार्य विना विद्यालय स्वास्थ्य जाँच उपचार कार्यक्रमको उपयुक्त प्रवद्र्धन र व्यवस्थापन हुनसक्ने कुरामा दुईमत छैन । सामान्यतया विद्यालयमा अध्ययनरत बालबालिकाहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नका लागी विद्यालयभित्र प्रत्येक महिना नियमित रुपमा सञ्चालन भैरहेको कार्यक्रम विद्यालय स्वास्थ्य जाँच उपचार कार्यक्रम हो । एकअर्काको समृद्धि र प्रगतिको लागि सदैव हातेमालो सहकार्यको वातावरण निर्माण गर्न यस कार्यक्रमको योजना रहेको वडा सदस्य सम्झना रणपहेलीले बताईन् ।
विद्यालयले शैक्षिक प्रगति हाँसिल गरी उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्न तथा समुदायका सम्पूर्ण बालबालिकाको स्वास्थ्य संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्न सामथ्र्यवान बनाउन पनि यसले सघाँउ पुरयाँउने उनको भनाई छ । वडाअध्यक्ष सुब्बाले भने “हरेक महिना हुने यस स्वास्थ्य परीक्षण कार्यक्रममा सफल बनाउन वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीहरु र अन्य सहयोगी मन तथा सबै सरोकारवालाहरुलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राख्दछौं ”

Leave a Reply

Your email address will not be published.