मदन भण्डारी जयन्तीमा दमकमा रक्तदान

दमक, १४ असार । नेकपा एमालेका नेता स्व. मदनकुमार भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको छ ।
मदन भण्डारी फाउण्डेशन झापाले दमकको गणतन्त्र चौंकमा आयोजना गरेको रक्तदानमा पार्टीका नेता,कार्यकर्ताहरु र शुभेच्छुकहरु गरि ६२ जनाले रगतदान गरेका हुन् ।
फाउण्डेशनका जिल्ला अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको रक्तदानमा १६ महिला सहित ६२ जनाले रक्तदान गरेको फाउण्डेशनका जिल्ला सचिव शिव ढुंगेलले जानकारी दिए । कार्यक्रममा रक्तदानमा सहभागि रक्तदाताहरुलाई पार्टी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देवेन्द्र दाहालले प्रंशसापत्र वितरण गरे । रक्तदानमा पार्टीका प्रदेश कमिटी सदस्य अम्बिका खनाल, कमल अध्यक्ष हरि ढकाल, पत्रकार मनकुमार गदाल लगायतले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा फाउण्डेशनका कोशी प्रदेश कमिटी उपाध्यक्ष युवराज वाँस्कोटा, पार्टीका केन्द्रीय सदस्य होमबहादुर थापा,प्रदेश सदस्य राजकुमार थापा,राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय कमिटी सदस्य निशा लिम्वू र अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य शुभेच्छा अधिकारी , पार्टीका दमक नगर अध्यक्ष राम पौडेल लगायतका नेता कार्यकर्ता ,युवाहरु र सर्वसाधारणहरुको उपस्थिति रहेको फाउण्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.