पानीमा डुबेर झापामा दुईजनाको मृत्यु

झापा, ५ असार । पानीमा डुबेर झापामा दुईजनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा मेचीनगर र गौरीगंजका एक– एक जना बृद्ध रहेकाछन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहिबार दिउँसो मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर सोही ठाउँ. बस्ने ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकले मादक पदार्थ सेवन गरेको बुझिएको छ ।

यसैगरि, त्यस्तै विहिबारराति १० बजे गौरीगञ्ज गाउँपालिका २ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुवेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको नेतृत्वमा टोली खटिएर सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ ।

Leave a Reply

Your email address will not be published.