
दमक,४ असार । अंग्रेजी र नेपाली भाषाका बालसाहित्यहरु अव याक्थुङ (लिम्बू ) र मगर भाषामा पनि अनुवाद हुने भएको छ । एशिया फाउन्डेसन अन्र्तगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मगर लेखक संघको सहकार्यमा यहि जुन १८ देखि भाषिक रुपमा अनुवाद गर्न लागिएको छ । प्रत्येक भाषामा ६० हाराहारीमा किताबहरू तयार हुनेछन् ।
लिम्बू भाषिक कितावका अनुवादकहरुमा क्रमशःरविन्द्र केदेम, सीता पिरती,, इन्दिरा नेम्बाङ, प्रेम येक्तेन, पूर्ण कुमारी लिङदेन, अमित थेबे, टङ्कमाया तिगेला, क्षितिज सुब्बा रहेका छन् भने अमर तुम्याहाङ, सेसेहाङ फियाक, दिलेन्द्र कुरुम्बाङ, येहाङ लाओती, डा.कमल तिगेला ,यासेली योङहाङ र डा.मोहन तुम्बाहाङ अनुबादित बाल पुस्तकहरूको सम्पादकको रुपमा जिम्मेवारी दिईएको छ ।
त्यस्तै, मधुुराज केरुङ र डिबी आङबुङ अनुवादक तथा सम्पादकका रूपमा रहने छन् । गत साल पनि लेट्स रिड अभियानका केही किताबहरू अमर तुम्याहाङ र नाम्ओती नेम्बाङबाट याक्थुङ (लिम्बू ) भाषामा अनुवाद गरिएका थिए । नाम्ओतीले युमा साम्माङको कथा (मुन्धुम कथा ) पुर्नलेखन गरेकी थिइन् ।
त्यससम्बन्धी आज सरोकारपक्षहरुसंग भर्चुअल छलफल गरिएको थियो । छलफल कार्यक्रममा एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधि श्रीमती मेघन नाल्बोले लेट्स रिड मार्फत बालसहित्यका सामग्रीहरू विभिन्न भाषाहरूमा लेखन तथा अनुवाद गरि मुद्रित र डिजिटल रूपमा तयार गरिदैआएको बताईन् ।
उनले यस कार्यले भाषिक बालसाहित्य सम्बन्धी अध्ययन गर्नेका लागि यस कार्यले ठुलो टेवा पुरयाँउने उल्लेख गरिन् ।
छलफलमा बाल साहित्य समाज नेपालका अध्यक्ष धु्रव घिमिरेले बाल सहित्य सामग्री स्थानीय भाषामा तयार गरी उपलब्ध गराउने लेट्स रिडको अभियान अन्र्तगत यो अनुवादको काम थालनी हुनु खुशीको कुरो भएको बताए ।
नेपालका भाषाहरूमा बालसाहित्यका सामग्रीहरू एकदमै कम भएको पनि बताउदै घिमिरेले लोक कथाहरू एक समुदायबाट अर्को समुदायमा बसाइँ सर्ने भएता पनि लिजेन्ड कथाहरू यथास्थानमा रहने हुनाले यसखाले कथाहरू पनि प्रकाशनमा ल्याउनु पर्ने जोड दिए ।
त्यस्तै,किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले याक्थुङ लिम्बु भाषामा बाल साहित्यका पुस्तकहरू अनुवाद गर्ने कार्यको थालनी हुनु ऐतिहासिक काम प्रारम्भ भएको बताए ।
एशिया फाउन्डेसनका अधिकृत समीरा श्रेष्ठले एशियाका २१ देशका ४२ भाषाहरूमा अनुवाद गरिएका ६,४४८ शीर्षकका बाल साहित्यका किताबहरू रहेको जानकारी दिइन् । यसरी नै लेट्स रिड अभियानमा ६९१ सर्जक, ३,१२३ अनुवादक, ३६९,१२३ मुद्रित पुस्तकहरू रहेको उनले जानकारी दिइन् । नेपालीसहित नेपाल भाषा, थारु, तामाङ हुँदै यसवर्ष याक्थुङ लिम्बु र मगर भाषामा काम हुँदै गरेको पनि उनले वताइन् ।