हायसको ठक्करबाट स्कुटर चालक बेघाको मृत्यु

कनकाई ,३ असार । झापाको कनकाईमा आईतबार विहान दुर्घटना हुँदा शिवसताक्षीका मानवहादुर (मदन) बेघाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गईरहेको वा ३ ख ८६३७ नम्बरको हायसले विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३– २८प ६३४४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ त्यसमा सवार बेघाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न हायस र त्यसका चालकलाई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.