टिफरको ठक्करबाट झापामा दुई जनाको ज्यान गयो

दमक,३ असार । टिफरको ठक्करबाट झापामा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टिफरको ठक्करबाट जिल्लाको दमक र गौरादहमा दुई जनाको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बसस्टेण्डस्थित सडकखण्डमा आज विहान १० वजेतिर त्तत्काल नम्बर खुल्न नसकेको टिफरको ठक्करवाट स्कुटरमा सवार दमक ५ बस्ने अन्दाजी ६० बर्षिय भिमबहादुर कार्कीको ज्यान गएको हो ।
उनी महाभाराको जनकल्याण माध्यमिक विद्यालयका निवृत शिक्षक हुन् । प्रहरीले ठक्कर दिने टिफरको खोजी कार्य भईरहेको जनाएको छ ।

यसैगरि, गौरादहमा मंगलवारराति टिफरको ठक्करबाट गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलवारराति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी– गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गुरागाईलाई ठक्कर दिएको थियो ।

टाउको र शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते गुरागाईलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा राति ८ः४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले ठक्कर दिने टिफर चालक गौरादह १ बस्ने ३५ वर्षीय उमेश ताजपुरीया र टिफरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिए ।…

Leave a Reply

Your email address will not be published.