कनकाई ६ का वडाध्यक्ष थापाको निधन

सुरुङा, २ असार । झापा कनकाई नगरपालिका -६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आज आइतबार बिहान १. ५० बजे निधन भएको छ ।थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा आज बिदा दिइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

थापाको पार्थिक शरीरलाई केहि समय वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने र आजनै अन्त्येष्टि गरिने नगरप्रमुख पोखरेलले बताए । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published.