दमक,२ असार । कास्कीको पोखरामा सम्पन्न ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तगर्त रुग्वीतर्फ कर्णाली प्रदेश विजेता बनेको छ ।प्रतियोगितामा कोशी प्रदेशले दित्तीय स्थानमा चित्त बुझाउन बाँध्य हुनुपरेको थियो । रग्वी खेलमा कोशीको यो सफलताले खेलाडीहरु उत्साहित भएका छन् । रग्वी खेल अनुभवको आधारमा यस कोशी प्रदेश कान्छो प्रदेशका रूपमा लिईन्छ ।
पॉचथर, इलाम , झापा , मोरङ , सुनसरी र उदयपुरका खेलाडीहरू सहभागी रहेको कोशी रग्वी टिमले दोस्रो स्थान प्राप्त गर्न सफल भयो । विजेता,उपविजेता टिमका खेलाडीहरुलाई नगदसहित प्रमाण पत्र, ट्रफी,मेडलबाट पुरस्कृत गरिएको थियो ।
रग्वी कोशी टिममा समाबेश भएका ६ वटा जिल्लाका खेलाडीहरू मध्ये झापाले पकड बनायो । प्रतिष्पर्धामा झापा मोडल अंग्रेजी मावि (जेम्स) का तर्फबाट युगल उप्रेती , सुजल श्रेष्ठ र नेहाङ लिम्वूले उत्कृष्ठ प्रर्दशन गरेका थिÞए । ती मध्ये युगल भने राष्ट्रिय टिममा पर्न सक्ने प्रबल संभावना भएको जेम्सका निर्देशक जयबहादुर श्रेष्ठले बताए ।