झापा , २८ जेठ । हात्तीलाई छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट लागेर झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान ८ः३० बजे कचनकवल गाउँपालिका -७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउनका लागि गएकोमा तारबारमा छुन पुगी घटनास्थलमै मृत्यु भएको हो ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
यसअघि जेठ २३ गते कनकाई वडा नं। २ जामुनखाडीमा हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका थिए ।