झापा, २६ जेठ । आर्थिक अवस्था कमजोर भएकि झापा ,शिवसताक्षी नगरपालिका वडा नम्बर १ शुक्रबारे निवासी शुसिला राजबंशीको उपचारका लागि रु १ लाख बढी सहयोग प्रदान गरिएको छ।
स्थानीय सामाजिक अगुवा दुर्गा नेम्बाङको अगुवाइमा संकलित रु १ लाख ३३ हजार ५ सय ८० रुपैया सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
जनमन गरी जीविकोपार्जन गरी आएका राजबंशी परिवारकी सुशिलाको पाँच पटक सल्यक्रिया गरिएको थियो। चिकित्सकले फेरि पनि सल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि राजवंशी परिवारले विरामी शुसीलालाई बचाई दिन सहयोगको याचना गर्न बाध्य हुनुपरेको श्रीमान बिनोद राजवंशीले बतााए ।
उनका अनुसार शुसीलालाई पित्तथैलीमा समस्या भएपछि बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान राजवंशीले बताए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्तथैलीको अपरेशन गरिएको थियो ।
त्यसपछि, सुशीलालाई हर्निया र आन्द्रामा समस्या देखिएको थियो । त्यहाँ, हर्निया र आन्द्राको अपरेशन गरियो ।
अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरले पुनः अपरेशन गरिदिएका थिए । गएको वर्ष मात्रै पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान् विनोदले बताए । पटक पटकको अप्रेशनले सुशीलाको ज्यान कमजोर मात्र नभएर घरायसी आर्थिक अवस्थाले झनै पिडीत बनाएको राजवंशी परिवारको दुखेसो छ ।
यसैवीच ,ओछ्यानमा थलिएकी राजबंशीलाई बचाउन समाजसेवी नेम्बाङ्गको संयोजकत्वमा अभियान सञ्चालन गरिएको थियो।नेम्बाङ्गका अनुसार विरामीको उपचारका लागि विमला राई परिवारबाट ५० हजार , बिनोद साम्पाङ र लिला खालिङबाट रु १५ हजारसहितका २४ जना मनकारी दाताहरुले सो सहयोग गरेका हुन् ।
सुशीला बचाउ अभियानमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम बिरामीको परिवारलाई हस्तान्तरण गरिएको उनले बताए । यसैगरि, उक्त सहयोग रकमबाट विरामीको थप उपचारमा थोरैभएपनि सहयोग पुग्ने श्रीमान विनोद बताउँछन् । उनले सहयोगी सबै मनकारीहरूप्रति आभार व्यक्त गर्दै उपचारको लागि सहयोग पुर्याउने सबै दाता परिवारलाइ धन्यवाद दिएका छन् ।