मुक्तिघाटमा दमक जेसीजको वृक्षरोपण

गेउरिया वजारमा वृक्षरोपण


दमक,२२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर शनिवार दमक जेसीजले दमक २ स्थित प्रस्तावित दमक मुक्तिघाट क्षेत्रमा बृक्षरोपण गरेको छ ।
दमक जेसीजका अध्यक्ष सुयोग खरेलको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि त्यहाँ कपुर,रुद्राक्ष लगायतका जातका विरुवाहरु रोपिएका हुन् ।
वातावरण संरक्षणमा जोड दिने उद्देश्यले जेसीजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको महासचिव निरज आचार्यले जानकारी दिए ।
‘मेरो जीवनमा एउटा विरुवा’ भन्ने सन्देसका साथ आयोजित वृक्षरोपण कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेक बहादुर थापा ,हंसे दुम्से सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल ,जेसीजका पदाधिकारी ,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
गेउरिया वजारमा वृक्षरोपण
यसैगरि विश्व वातावरण दिवसको अवसर पारेर कमल गाउँपालिका वडा नं ७ स्थित गेउरिया वजार क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
वडा कार्यालयमा आयोजनामा तथा गेउरिया वजार समिति र विष्णुकठ्ठा टोल विकास समितिको व्यवस्थापनमा शनिवार त्यहाँ वृक्षरोपण गरिएको हो ।
वडा अध्यक्ष पृथ्बीपति राईको प्रमुख आतिथ्यतामा भएको सो वृक्षरोपणमा वजार तथा सडक किनारमा कपुर,स्वामी लगायत विभिन्न जातका विरुवाहरु रोपिएको स्थानीय अरुण गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.