कोरोना संक्रमणवाट दमकका एक बृद्धाको मृत्यु

दमक,२० जेठ । कोरोना संक्रमणवाट दमकमा आज थप एक जना संक्रमित बृद्धाका मृत्युभएको छ । मृत्यु हुनेमा दमक वडा नं ८ की ७० वर्षिया बृद्धा महिला रहेकी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केहिदिन अघि संक्रमण पुष्टि भई दमककै लाइफलाइन अस्पतालमा उपचार गरिआएकी उनको आज विहान ६ वजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।
योसँगै दमकमा कोरोनाको नयाँ भेरिएन्टबाट मृत्यु हुनेको सँख्या २० पुगेको छ ।

दमकमा कोरोना रोकथामका लागि करिब तीन सातादेखि लगाइएको निषेधाज्ञाका बाबजुद अहिले ५१० जना सक्रिय संक्रमित छन । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले संक्रमणको शुरुवातमा नै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर आवश्यक उपचार प्रकृयामा लाग्न आव्हान गरेकी छिन ।

Leave a Reply

Your email address will not be published.