याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा बनाउन माग

झापा,१९ जेठ । याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिदै कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले बिहीबार कोशी प्रदेश सरकारलाई याक्थुङ (लिम्बू) भाषालाई कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख कार्यालयमा, मुख्यमन्त्री हिक्मत कुमार कार्की, सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुनीमन्त्री लिलाबल्भ अधिकारीलाई ज्ञापनपत्र बुझाइएको अभियन्ता अमित थेवेले जानकारी दिए । उनीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि शान्तिपूर्ण रूपमा धर्ना समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published.