बिर्तामोड,७ जेठ । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघ झापाको नयाँ नेतृत्व चयन भएको छ ।बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित संघको प्रथम जिल्ला अधिबेशनले मनकुमार चेम्जोङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विजय कन्दङ्वा, सचिवमा प्रकाश साम्सोहाङ, सहसचिवमा प्रदीप मादेन र कोषाध्यक्षमा मुना कन्दङवा चयन भएका छन् । समितिका सदस्यहरुमा नवनिता पोमु, विक्रम लावती, गंगा आङदेम्बे, देउकुमार आङदेम्बे, सुमित्रा मादेन, ऐतराज लिम्बू, मंगलसिंह सम्बाहाम्फे, गंगा लिम्बू, सूर्य खजुम, इशा लिम्बू, सुजन लिम्बू, शुक्र केरुङ, मानबहादुर योङहाङ, पानबहादुर लिम्बू, बालकृष्ण लावती, दिलकुमार लिम्बू, कमलप्रसाद लक्सम्बा, धनकुमार लिम्बू, ध्रुव नेम्बाङ, कृष्णराज बेघा, देशु बेघा वनेम, लिलामाया मेनेङवो, मनिषा लिङदेन, विक्रम पन्धाक लिम्बू चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हर्क फियाक लिम्बू, बुद्धबहादुर काङ्लिवा, हिरावती लिम्बू, शान्ता नेम्बाङ, कविन्द्र नेम्बाङ, धर्म लक्सम्बा, शेरबहादुर मादेन, भीमबहादुर चेम्जोङ, सविना बोखिम चुनिएका छन् । यसैगरि, हस्तकला बेघा नेम्बाङ, सुरेन्द्र तुम्रोक, शेरबहादुर लिम्बू, जापान थेवे, नरेन्द्र आङदेम्बे, डिल्ली मेनेङबो, कुमारी लिम्बू, निर्मला लिम्बू, रमा लिम्बू, विष्णुमाया बेघा, रत्ना लिम्बू, शुकपाल नेम्बाङ, पूर्णध्वज आङदेम्बे लगायतलाई केन्द्रीय महाधिबेशन प्रतिनिधिमा चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुले प्रमाणपत्र प्रदान गर्दै खादा–माला लगाएर पदस्थापन गराउनुभएको थियो । अधिवेशनमा लिम्बू जातिको पहिचान झल्कने च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको थियो ।
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बा,कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले प्रजातन्त्र स्थापनाको लडाईमा लिम्बूहरूको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, महासमिति सदस्य राधा सुब्बा, संघका केन्द्रीय प्रतिनिधि प्रेम सम्बाहाम्फे, नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङ्लाबो लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संघको निर्वाचन संयोजन समितिका संयोजक धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दिलकुमार नेम्बाङले गरेका थिए भने सञ्चालन मोहन माबोले गरेका थिए ।